HomeProgramming Jokesकुरोः असारे महिना, हातमा ठेला उठाई खनी तयार पारेको खेतमा

कुरोः असारे महिना, हातमा ठेला उठाई खनी तयार पारेको खेतमा

असारे महिना, हातमा ठेला उठाई खनी तयार पारेको खेतमा पानी लगाई, कच्याक–कच्याक गरी थिचेको अालि । अालि थिच्दा थिच्दै भत्केको कान्लो अनि कुद्दै गई  बनाएको कान्लो अनि फेरि उहि कच्याक–कच्याक गरि थिचेको आलि। अनि थिचेको आलि लगाएर टलपल टलपल पारी जमाएको पानी।

अब त्यहि पानीले गलाएको ड्यागहरु सम्माउने काम, पानीलाई level measuring tape मानि जता गहिरो उत्तैबाट ड्याग फाडन सुरु र अग्लो ठाउँबाट होचो ठाउँमा मरि मरि फालेको माटो। जति सम्म बनाउन सक्यो त्यति धेरै धान फल्छ भन्ने सिकाई। यसरी ड्याग सम्माइ, रोपाईको लागि तयार र रोपाई भोलि ।

आज रोपाई, बिहानै अाज उठ बाबु भोलि सुत्लास् झट्टो गरी ब्याडमा चिया पुराइ आउ भनि आमाले अराएको मिठो बोलि।

उठि रातो चियाको थरमस, गिलास लिइ ब्याडमा पुगि, जरामा समाइ काटेको धानको बिउ र बिउ काट्दै जादा कुन सर्कोमा कमिला तिघ्रामा चडि, रातो हुने गरी चिसिक पार्ने। बिउको मुठ्ठा पनि तयार भो, अब बिहानको खाना खाने बेला अनि अाज चाडै सक्नु पर्छ चाडै आएर बाउसे गर्नु है भन्दै सब अा-आफ्नो घर खाना खान।

खाना खाई कोदाली, घुम र पुजाको सरसामान ली पधेरामा गई पुर्व फर्की नाग देवतालाई निगालोमा राखेको कपास चढाइ गरेको पुजा र खेतमा पुगि दुइटा मुठोको बिउ र कलश राखि गरेको पुजासगै निधारमा रातो टिका।

अब रोपारहरु बिउ अोसार्ने, म चाही लाठे बाउसे गर्ने, अाली काटि बाउसे सुरु र जति सकिन्छ त्यति सम्म बनाउनु पर्ने। कोदालीले दायाँ-बायाँ गर्दै समाएर अग्लो देखिएको ठाउँको माटो होचो ठाउँमा फाल्दै अगि बढ्ने। हामी लाठेले सम्माएको ठाउँमा रोपारहरु छुप्लुप छुप्लुप रोप्न सुरु। हामी सम्माउने निउँमा छिन-छिनमा रोपार तिर फालेको माटोले रोपारलाई नित्थुक बनाई रमाइलो गर्ने। रोपारेहरु लामो भाका हाली गीत गाउदै रोप्ने।बर्षायाम पानी परेसँगै घुम अोड्नु र रोकिएसगँ घुम राख्नु।

अोहो त्यो उसिनेको अालुको अचार त्यसमा उसिनेकै हरियो खुर्सानी, भटमास र लसुनको अचार अनि टाइचिन चामलको चिउरा उफ मुखबाट पानि नै निक्लियो नि।

मसला बाढने काम, कसलाई ठुलो नरिवल र धेरै चक्लेट भन्दै कुदा कुद।

योसगँ मुरीका मुरी धान फल्ने आश र भरोसासगँ रातको मिठो निन्द्रा तर पारी पट्टी र जस्ताको छानामा चाही अजै तप तप गरि आवज आइरहेको छ तर पनि मस्त निन्द्रालाई रोक्न सक्ने कोही छैन।

मैले त रोपाई गरी सुत्न थाले तपाईको के छ स्थिति।

Rupak Nepali
Author of four Opencart book. The recent are Opencart 4 developer book and Opencart 4 user manual
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here