Programming Jokes · 1 min read · Updated

Bokagiri part 5: केहि गर्दा पनि केटी नपाको अवस्था

केहि गर्दा पनि केटी नपाको अवस्था (कति झुट बोल्नु मेरो मोरीले फेरी गलि गर्नेछे।)

अब नयाँ सोच आयो डाईरेकट ससुराबालाई चिठी लेख्ने। केटीलाई सिधा लेख्नु हुन्थ्यो तर आफु पुरै नेपाली रिति थितिको पनि ख्याल राख्नु पर्यो नि होइन त!! त्यसैले सिधै ससुराबाहरुलाई अफिसियल चिठी…

विषयः तपाइको छोरी पाउँ भन्ने बारेमा।

आदरणीय ससुराबा,

माथि उल्लेख गरेको विषयमा मध्य नजर गर्दै तपाईलाई ढोग गरे, हुन त हाम्रो सस्क्रति अनुसार त ढोगको सुरुवात तपाईबाट हुनुपर्ने हो तर तपाइको छोरी पाइनहालेको अवश्थमा मैले नै ढोग गरे ल।।

कति राखछौ माइतिको कौसिमा हो माइतिको कौसिमा लाग्छ आखाँ तपाइको तरुनी छोरीमा, मैले के गरु, छोरी दिन्छौ की अर्को ससुरा खोजु।।

हर्नुस ससुराबा तपाईले छोरी मलाई दिनु भो भने सारै सुख्ख पाउछे। तपाइको छोरीले भात पकाउछे म भाडा माज्छु अनि नन-इस्टिकी भाडा पनि किन्नु पर्दैन भाडाहरु आफै नन-इस्टिकी हुदै जान्छ ।

अनि ससुराबा म सानो तिनो लक्ष्य लिने मान्छे चहि होइन है फेरी। मेरो सोच नै ठुलो उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिएः
Emma Watson- as my wife
Scarlett Johansson- as my hot secretary
Jennifer Lawrence- as my mistress
Ema Stone- as my friend with benefits

तर तिम्रो छोरी देखेसी त्यसै त्यसै मन पगलि आयो अनि लक्ष्य छोडि तिम्रो छोरी मागेको अवश्था।। Don’t worry if she is not of my type as being a programmer I know how to TypeCast. अज तपाईले सालीहरुको पनि चिन्ता गर्नु पर्दैन मेरा साथीहरु पुरै रेडि छन्।।

तपाइको हुनेवाला ज्वाइ
रुपक

यत्रो चिठी लेखि धेरै ससुराबालाई पठाउदाँ पनि एउटा रिपलाइ आएन बा किन भनि यसो रिसर्च गरेको त मोराहरुले नेपाली नै बुझेनछन।
यसरी नै मेरो लभ लेटरको आईडा पनि खेर गाको अवश्था।।
सखिया हो म त परे रणभुलमा, सखिया हो म त परे रणभुलमा।।

प्रसन्न शुक्रबार

Tagged
Rupak Nepali
Written byRupak Nepali

Author of four Opencart book.
The recent are Opencart 4 developer book and Opencart 4 user manual

Leave a Reply

Your email address will not be published. Required fields are marked *