HomeProgramming JokesBokagiri part 3:शुक्रबारे साप्तपाहिक नै बनाउने सोच

Bokagiri part 3:शुक्रबारे साप्तपाहिक नै बनाउने सोच

शुक्रबारे साप्तपाहिक नै बनाउने सोच हा हा हा (मुस्कुराउन त कहिले छाड्छु र)।।

एक्लै जन्मेको थिए फेरी एक्लै भाको अवस्था ।।
एक्लै हुनुको पिडा अहिले बुझ्दै छु एउटा मासु पकाई खान पनि कति गारो। उहिले कि त आमाको कहिले अन्टी त कहिले भाउजुले त कहिले दाइले पकाको खसिको मासु, त कहिले भाइले पकाको मासु भात सुरुप सुरुप खाको, अनि लाग्थ्यो यो मासु भात पकाउनु कुन ठुलो कुरा हो र।। अहिले थाहा हुदैछ Dad ले त्यसै विवहा गर्नु भन्नु भएको होइन रैछ।

वुधवारे दिनमा मासु खाने प्लान दिमागमा आयो, हिडे वालमार्ट, मासु किने, प्याज किने, धनिया, तेल, लसुन, अदुवा, गोल्भेडा, हरियो रातो दुवै खोरसानी किने, सोचे वाह् आज मासु भात मन मनै दंग परे। रुम आए काट कुट पार्न सुरु गर्न लाको थिए अनि पो थाहा भो काट्ने सामान त केहि छैन अनि मुसुक मुस्काए फ्रिज खोले पिज्जा झिके ओभन गरे अन
“मलाई भात भनेनि यै, चिकेन भनेनि यै,
टनन पिज्जा खान्छु, पुटुक्क भुडि पर्छु”
भन्दै खाए।।

अनि भोलि पक्का मासु भात खाने अठोटका साथ उध्रेको सिरक तिर लागियो।। साथमा मन्द मन्द गित गुन्गुनाउदै।।
“उध्रेको सिरक छ है,
त्यै पनि ओढिन्छ!!
फाटेको तन्ना माथि
बङ्लङ्ग लडिन्छ!!
एस्तो मिठो न्यानो निद्रा
अन्त कहाँ पाइन्छ !”

भोलि भो अफिस गए काम गरे अनि फेरि मासुको लागि, लागि परे। काट कुट गर्ने सामान किने, सम्झे केहि त छुटेको छैनन् भनि। बेसार र जिरा याद आयो त्यो पनि किने। अब आज मासु खान कसले रोक्छ भनि रुम आए। परपरी बुटे सब थोक हाले। मन मनै सोचे सब कुक Ram दाइ, Pradip, Nabin, Ajay, Vinod dai, Pratik bhai सबलाई फल्प गरिदे जस्तो लाग्यो।

टक्क भात पस्के, मासु हाले। जय शम्भो भनि मुखमा क्वाप गासं के हालेको थिए। सब सपना चक्ना चुर। साला नुन खोइ त। ब्याकग्राउणमा यो गित याद आयो -“सपना भुलाइ सारा, अलिनो मासु खाउ”। अमेरिका भन्नु मात्र हो, मेरो गाउं भन्दा दुर्गम, मेरो गाउमा त चोक चोकमा पसल छ यहाँ १४-१५ मिनेट पर जानुपर्ने अनि के त, फेरि पिज्जा झिके अनि “मलाई भात भनेनि यै, चिकेन भनेनि यै, टनन पिज्जा खान्छु, पुटुक्क भुडि पर्छु” भन्दै खाए।।

आज शुक्रवार कसले रोक्ने कस्ले छेक्ने मलाइ मासु र दारु खान। साला यो शुक्रवारमा नि केहि छ क्या।।

Dad ले पढे भनि फेरि फोन आउन सक्छ। छोरा खालि दारुमात्र भन्छस् त, अनि “साला” पनि भन्न सकिछस् भन्दै। (एति लेखेसि बुढाले फोन त नगर्लानि)

जय शुक्रवार ।।

Rupak Nepali
Author of four Opencart book. The recent are Opencart 4 developer book and Opencart 4 user manual
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here